नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’ को निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

काँग्रेस नेता खाँडले गुरुङ जस्तो सरल, मृदुभाषि एवं मिलनशार व्यत्तित्व गुमाउनु पर्दा पिडाबोध भएको उल्लेख गरेका थिए ।सांसद खाँडले प्रकाशित गरको शोक विज्ञप्तिमा गुरुङले विभिन्न तहमा रहेर संगठन सुदृढिकरण र विस्तारमा योगदान पु¥याएको चर्चा गर्दै उनको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको जनाएका छन् ।

विज्ञप्तिमा निष्ठावान, इमान्दार र जुझारु गुरुङले लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका स्मरण गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here