सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णय बमोजिम सरकारले पार्टी नेता बामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छिन्।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकले दिएको निर्देशन अनुसार, हालै गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले बिहिबार कार्यान्वयन गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेकोे विज्ञप्ति अनुसार, गौैतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा सदस्यमा मनोनित गरिएको हो।

गत आम निर्वाचनमा वर्दियाबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग पराजित भएर सत्ताबाहिर बस्न बाध्य भएका गौतमले त्यसपछिका दिनमा अनेक तिक्डम लगाएर भएपनि प्रतिनिधि सभा सदस्य पदमा जाने कोशिश गरेका थिए।

कहिले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा त कहिले काठमाडौं ७ का रामवीर मानन्धरलाई राजीनामा दिन लागएर त कहिले डोल्पाका निर्वाचित सदस्यलाई छाड्न लगाएर पुनः प्रतिनिधि सभामा आउने असफल कोशिश गौतमले गरेका थिए।

तर, त्यो सम्भव नभएपनि आन्तरिक शक्ति सन्तुलनका लागि प्रधानमन्त्री ओलीले नै गत मंसिरमा राष्ट्रिय सभा सदस्य पदमा मनोनित गराउने प्रस्ताव राखेका थिए। जसकोे जवाफमा गौतमले आफूलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्नेगरी संविधान संशोधन गरे आफू राष्ट्रिय सभा सदस्य पदमा मनोनित हुन तयार रहेको बताएका थिए।

त्यसपछि नेकपा सचिवालयले सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा तीन सदस्यीय संविधान संशोधन कार्यदल गठन गरेपनि त्यो विचमै अलमलमा परेको थियो।

त्यसपछिका दिनमा पनि सत्ताको राजनीति बाहिर रहेर पानीबिनाको माछा जस्तै बनेका गौतमलाई प्रधानमन्त्री ओेलीले मनोनित गर्न भन्दा निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै दोेहोेर्याउन गरेको असफल प्रयासका कारण राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिट गत फागुन २० गतेदेखि रिक्त रहँदै आएको थियो।

तर, पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको विवाद समाधानका लागि गौतमको साथ लिन सफल ओलीले आफ्नो पद र प्रतिष्ठा जोगाउन संविधानको भावना र मर्ममाथि नै प्रहार गर्दै गौतमलाई मनोेनित गर्न सिफारिस गरेका थिए। जसलाई राष्ट्रपतिले पनि अनुमोदन गर्दै संविधान र निर्वाचन सम्बन्धि कानूनको प्रावधान र भावनामाथि अतिक्रमण गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here