फाइल फोटो

गठबन्धन सरकार गठनका बिषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

छलफलका लागि प्रचण्ड बिहीबार दिउँसो देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् ।

बिहीबार राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र प्रचण्डबीच छलफल भएको हो । यसअघि बिहीबार नै जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउवाले छलफल गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here