सिन्धुपाल्चोक |  बाह्रबिसे नगरपालिका–७ नागपुजेका पहिरो पीडितलाई राष्ट्रिय युवा सङ्घले सहयोग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटाको टोली घटनास्थल पुगेर पीडितलाई सहयोग गरेको हो ।

युवा सङ्घले पहिरो पीडितलाई जनप्रतिनिधिको रोहवरमा १८१ बोरा चामल, १९० लिटर तेल, २०० किलो दाल र ८० किलो नुन वितरण संयोजक सापकोटाले बताउनुभयो । राहात सामाग्री हस्तान्तरण गर्दै उहाँले घर पूर्णरुपमा क्षति पु¥याएका १६ घर पुनर्निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धतासमेत गर्नुभयो । गत भदौ २८ गते राति गएको पहिरामा परेर १६ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

सिन्धु वेलफेयर सोसाइटीबाट सहयोग

सिन्धु वेलफेयर सोसाइटीअमेरिकाका तर्फबाट बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

तत्कालका लागि रु दुई लाख ५० हजार सहयोग गरेको हो । अमेरिकमा बसोबास गर्दे आएका सिन्धुपाल्चोकवासीले पहिरो पीडितलाई पठाइएको सहयोग रकम नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले वितरण गर्नुभयो । सहयोग रकम पहिरामा आफन्त गुमाएकालाई रु सात हजार ५०० र विस्थापित ७० परिवार लाई रु दुई हजार ५०० का दरले हस्तान्तरण गरिएको उपप्रमुख पाख्रीनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here