फाइल फोटो

अन्त: नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले पछिल्लो समय गर्दै आएको राजनीतिक विश्लेषण सत्य साबित भएको छ । पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको शिफारिश गर्दा देखि अदालतको आदेशले बदर भएको ओलीको शिफारिस हुँदै नेकपाको विभाजन र संसदभित्रको अंक गणित बारे देउवाले पार्टीभित्र अलगै अडान लिंदै आएका थिए ।

पार्टीका नेता रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले कहिले तत्कालिन नेकपाका नेता पुष्पकमल दाहाललाई समर्थन गर्न त कहिले पार्टीले सरकारको नेतृत्व दाबी गर्न नहुने त कहिले सरकारको दाबी नगरी नहुने भन्दै सभापति देउवालाई हरेक मोडमा आलोचना गर्दै आएका थिए । पार्टी भित्रको विवाद साम्य पर्न परिस्तिथिको सहि विश्लेषणका बावजुत औपचारिकताका लागि सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको कांग्रेसले बिहिबार उक्त निर्णयमा पुर्न विचार गरेको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा बिहिबार बसेको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटना क्रमलाई विश्लेषण गर्दै प्रतिकुल बहुमत नपुग्ने अवस्थामा सरकारको नेतृत्वको दाबी नगर्ने निर्णय गरेको हो ।

खासगरि प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदबाट बिश्वासको मत गुमाएपछि नयाँ सरकारको गठनको बिषयमा एमालेको असन्तुष्ट पक्ष र जनता समाजवादी पार्टीको महन्त ठाकुर र राजेन्द्र महतो पक्षले सहमतिको सरकार बनाउन र त्यसको नेतृत्व सभापति देउवाले गर्ने सवालमा तयार नदेखिएपछि कांग्रेस सरकारको नेतृत्व दाबी गर्ने संख्या नपुग्ने अवस्था दाबी नगर्ने निष्कर्षमा पुगेको हो ।

बहुमत पु-याउनका लागि महन्थ पक्ष पनि तयार नदेखिएको र माधव पक्ष पनि तयार नदेखिएकाले बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भएको कांग्रेस सहमहामन्त्री डा प्रकाश शरण महत्तले जानकारी दिए । उनले राष्ट्रपति भवन जाने सम्भावना नदेखिएको बताए । सरकार बनाउनका लागि कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्ने भएपनि त्यसो हुन नसकेकाले अब प्रधानमन्त्रीमा कांग्रेसले दावी नगर्ने उनले जानकारी दिए ।

यसले देशको जटिल राजनीतिक परिस्तिथिको सहि र यथार्थ विश्लेषण सभापति देउवाले गर्दै आएपनि पार्टी भित्रका असन्तुष्ट र उनका आलोचकहरुले त्यसको बिरोध गर्दै आएका थिए । तर पौष यता विकसित भएका पछिल्लो राजीनितिक घटना क्रमले जतिसुकै आलोचना सहन परेपनि देउवाले आफुसंगै पार्टीको साथ समेत जोगाउन सफल भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here