अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले अमेरिकी राष्ट्रपतिको चुनावमा व्यस्त छन् । यसैबीचमा एक अचम्मित बनाउने खबर प्रकाशित भएको छ ।

ह्वाइट हाउसका एक उच्च अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पलाई बिष खुवाउनका लागि पठाइएको हो ।

उनलाई रिसिन नामक एक विषको प्याकेट पठाइएको तर अधिकारीहरुले छानबिनका क्रममा समातेको बताइएको छ । अमेरिकी कानून प्रवर्तक अधिकारीले बिष दिने षड्यन्त्र विफल गराएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई टेस्ट गरेपछि घातक बिष रिसिन रहेको पुष्टि भएको हो । रिसिनको प्रयोग एक आतंककारी हमलामा मात्र प्रयोग गरिने बताइएको छ ।

यो एकदमै घातक बिष हो । जसको शरीरमा यसको बिष जान्छ उसको मृत्यु निश्चित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here