नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न १० सदस्यीय वार्ताटोली बनाएको छ । सिंहदरबारमा आइतबार भएको एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा वार्ताटोली बनाउने सहमति जुटेको हो ।

पार्टीलाई २०७५ जेष्ठ दुई गते अघिकै अवस्थामा फर्काउने सहितको आफुले पठाएको ६ बुँदे मागपत्रका बिषयमा टुङ्गो लगाउनका लागि वार्ताटोली गठन गरिएको बरिष्ठ नेता नेपालले जानकारी दिए । वार्ता टोलीमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई सहभागी गराइएको छ ।

त्यस्तै नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्तलाई राखिएको छ । वार्ताटोलीलाई तीन दिनको समय दिने भनिएपछि केहि दिन बढि दिएर पार्टी एकतालाई कायम राख्न प्रयास गरिने नेता नेपालले बताए ।

नेता नेपालले जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोलीले काम गर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here