नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै थप १४५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर  एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र  ७०१ जना क्वारेन्टाइनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here