नयाँ दिल्ली-भारतमा इन्टरनेट प्रयोगकर्ताको संख्या २०२० को मार्चमा समाप्त भएको त्रैमासिक अवधमिा ३.४ प्रतिशत वृद्धि भएर ७४.३ करोड पुगेको छ । दूर संचार नियामक ट्राइको क्षेत्रको त्रैमासिक प्रदर्शनका आधारमा जारी रिपोर्टका अनुसार २०२० को मार्चको समाप्तिमा ५२.३ प्रतिशत बजार हिस्साका साथ रिलायन्स जियो पहिलो स्थानमा रहेको छ । २३.६ प्रतिशत सहित भारती एयरटेल दोस्रो स्थानमा रहेको छ । १८.७ प्रतिशत हिस्सा सहित भोडाफोन आइडिया तेस्रो स्थानमा रहेको छ ।
ट्राइको रिपोर्ट अनुसार २०१९ को डिसेम्बरको समाप्तिको त्रैमासमा इन्टरनेट प्रयोगकर्ताको संख्या ७१.८ प्रतिशत थियो । यो वर्षको मार्चसम्ममा यसमा ३.४० प्रतिशतले वृद्धि भएर ७४.३ करोड पुगेको हो । यसमा वायरलेस इन्टरनेट ग्राहकको संख्या ७२.०७ करोड छ । जुन कुल इन्टरनेट ग्राहकको ९७ प्रतिशत हो । यसैगरी तार इन्टरनेट प्रयोगकर्ताको संख्या २.२४ करोड रहेको छ ।
रिपोर्टका अनुसार कुल इन्टरनेट ग्राहकमा ९२.५ प्रतिशत इन्टरनेटका लागि ब्रोडब्यान्डको उपयोग गर्छन् । ब्रोडब्यान्डको उपयोग गर्नेेको संख्या ६८.७४ करोड रहेको छ भने न्यारोब्यान्डको संख्या ५.५७ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here