नेपाल हिमालय सिमापार व्यापार संघका अनुसार केरुङ र तातोपानीमा नेपाली व्यापारीका सामान बोकेका करिब २ हजार कन्टेनर छन् । कन्टेनरमा रहेका समान २० अर्ब रुपैयाँ मूल्य बराबरका हुन् । नाकामा रोकिएका सामानमध्ये ५० प्रतिशत लत्ताकपडा र जुत्ताचप्पल हुन् । लत्ताकपडा गर्मीयामका लागि मगाइएको हो । जबकि जाडयाम सुरु हुन लागिसकेको छ । यस्तै औद्योगिक कच्चापदार्थ र फलफूल पनि छन् । नाकामा ८ महिनादेखि रोकिएकाले २ सय कन्टेनर स्याउ कुहिसकेको छ । अरु सामान कुन अवस्थामा छन् व्यापारीलाई पत्तै छैन । सामान छुटाउन व्यापारीले उद्योग वाणिज्य मन्त्रीदेखि चीनस्थित नेपाली राजदूतलाई आग्रह गरेपनि सुनुवाई भएको छैन ।

चीनले कोरोना भाइरस संक्रमणको कारण देखाएर कन्टेनरको आवतजावत रोकेको हो । केरुङमै एक जना श्रमिकमा संक्रमण देखिएकाले पनि उसले नाका नै ठप्प पारेको हो । जबकि चीनमा व्यापार व्यवसाय सामान्य अवस्थाको जस्तै भइसकेको छ । यस्तै तिब्बतको कुतिस्थित ताल फुट्ने हल्ला पनि चिनियाँ पक्षले आउजाउमा रोक लगाउनुको कारण हो । चीनले कन्टेनर आउजाउ गर्न दिएकै अवस्थामा पनि ती सबै सामान भन्सार जाँचपास गरेर छुटाउन चार महिनाभन्दा बढी लाग्छ । वाणिज्य मन्त्रालयले सामान छुटाउन निरन्तर पहल गरिरहेको बताएको छ ।

सामान रोकिएको असर व्यापारीलाई त घाटा भएको छ नै, नजिकिएको चाडबाडमा बजारमै अभाव सिर्जना हुने जोखिम छ । त्यसैले नतिजा देखिने गरी सरकारी पहल तत्कालको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here