रोयल च्यालेन्जर्स(आरसीबी)का क्याप्टेन विराट कोलही आउट भएका छन्। सनराइजर्स हैदराबादसंग भएको खेलमा कोलही १४ रन बनाएर आउट भएका हुन्। कोलहीको बललाई राशिद खानले क्याच गरेर आउट गरेका थिए। ६ महिना पछि मैदानमा उत्रेका आरसीबीका क्याप्टेन कोलही यस अघि न्युजील्याण्ड संग टेस्ट म्याच खेलेका थिए।

त्यस अघि आरसीबीको लगातार दुई विकेट गएको थियो । देवदत्त पडिक्कलले ५६ रन गरेर बोल्ड भए भने एरान फिंच २९ रनमा एलबिडब्लु भएका हुन्।

आइपिएलको डेब्यु खेलमा पडिक्कल विजय शंकरको बलमा बोल्ड भएका थिए। त्यस्तै फिंच अभिषेक शर्माको बलमा एलबिडब्लु भएका थिए। पडिक्कल र फिंच बीच ९० रनको ओपनिंग पार्टनरशिप गरेका थिए। अहिले सिवम दुबे मैदानमा गएका छन।

पछिल्लो विवरण अनुसार १७ ओभरमा आरसीबीले १३८ रन बनेको छ भने ३ जनाको विकेट गएको छ।

यस खेलमा सामेल खेलाडीहरु:

सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा।

रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here