सनराइजर्स हैदराबादको पहिलो विकेट गएको छ। दोश्रो इनिंगसमा सनराइजर्स हैदराबादका क्याप्टेन डेविड वार्नर 6 रन बनाएर रनआउट भएका थिए। सनराइजर्स हैदराबादलाई विराट कोहलीले १६४ रनको लक्ष्य दिएको छ।

अहिले ब्याटिंगका लागि मनिस पाण्डे मैदानमा उत्रेका छन्। पछिल्लो विवरण अनुसार सनराइजर्स हैदराबादले ५ ओभरमा ४१ रन बनेको छ भने १ विकेट गुमाएको छ। 

पहिलो इनिगसमा सनराइजर्सका क्याप्टेन डेबिड वार्नरले टस जितेर बलिंग गर्ने फैसला गरेका थिए ।

आरसीबीका एरान फिच र देवदत्त पल्लीकलले ओपनिंग ब्याटिंग गरेका छन। फिच र पल्लीकलको पार्टनरसिपमा ९० रन बनाएका थिए । देवदत्त पल्लीकलले ४२ बलमा ५३ रन बनाएका थिए भने फिचले २९ रन बनाएका थिए। आइपिएलको डेब्यु खेलमा पल्लीकलले ८ चौका हानेका थिए। त्यस्तै एबी डिविलियर्सले ३० बलमा ४१ रन बनाएका थिए भने विराटले १४ रनको योगदान गरेका छन् ।

पहिलो इनिंगसमा आरसीबीले १६३ रन बनाएका थिए भने ५ विकेट गुमेका थिए। दोश्रो इनिंगसको एक ओभरमा आरसीबीले ७ रन बनाएको छ।

यस खेलमा सामेल खेलाडीहरु:

सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा।

रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here