‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको विहान भएको निधनप्रति नेपाली काँग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

सोमबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेका स्व. शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पछिल्लो पुस्ताका युवा एवं युवा पवर्तारोहीका लागि उहाँ सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहको सभापति देउवाले धारणा व्यक्त गरे ।

साथै, सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here