झापा : कोरोना संक्रमणका कारण सोमवार झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेची नगरपालिका-५  निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। धरानमा उपचाररत रहेकी वृद्धाको सोमवार निधन भएको हो। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या झापामा चार पुगेको छ।

झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमितमध्ये ६७८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here