रोयल च्यालेन्जर्स बैंलोरले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुवात गरेको छ।

लिग अन्तर्गत सोमबार राति बेंगलोरले हैदरावादलाई १० रनले हराउँदै सुखद सुरूवात गरेको हो।

जितका लागि बेंगलोरले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदारावाद १९.४ ओभरमा अलआउट हुँदै १५३ रनमै समेटियो।

हैदरावादको लागि जोनी बेयरस्टोले सर्वाधिक ६१ रनको योगदान दिए। ४३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै ३३ बल खेलेका मनिष पाण्डेले ३ चौका र एक छक्कासहित ३४ रन बनाए। अन्य खेलाडीले भने सोचेअनरुप खेल्न सकेनन्। प्रियम गर्ग १२, अभिषेक शर्मा ७ र कप्तान डेभिड वार्नर ६ रनमा आउट भए।

हैदारावादलाई रोक्न बेंगलोरका लागि युजभेन्द्र चहलले ३ विकेट लिए। नवदीप सैनी र शिवम दुवेले समान एक एक विकेट लिए।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनायो।

आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्धशतकीय इनिङ्स प्रहार गरेका थिए।

बेंगलोरलाई ओपनर् पाडिक्कल र आरोन फिन्चले ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरूवात गरेका थिए।

पाडिक्कल ५६ रनमा बोल्ड आउट हुनुअघि ४२ बल खेलेका उनले ८ चौका प्रहार गरे। लगत्तै  फिन्च २९ रनमा एलबिडब्लूमा आउट भए। फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे।

यता एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रनमा रन आउट भए।

यस्तै कप्तान विराट कोहली १४ र  शिवम दुबे ७ रनमा रन आउट भए। जोश फिलिपे १ रनमा नट आउट रहे।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए। विजय शंकरले १.२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए। राशिद खानले ४ ओभरमा ३१ रन खर्चे पनि विकेट लिन सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here