इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिजयी सुरुवात गरेको छ। हिजो राती वुल्भससंग भएको खेलमा सिटीले ३-१ को गोल अन्तरले जित हासिल गरेको हो।

वुल्भसको घरेलु मैदानमा भएको खेलको २० औं मिनेटमा केभिन डि ब्रुइनोले पेनाल्टीमा गोल गरेर आफ्ना टिमलाई अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा रहिम स्टल्र्ङिको पासमा फिल फोडेनले गोल गरेर पहिलो हाफमा दुई गोल को अग्रता दिलाए।

खेलको दोश्रो हाफको ७८ औं मिनेटमा डानियल पोडेन्सको पासमा राहुल जिमेनेजले गोल गर्दै वुल्भसले गोल अन्तर घटाएको छ। वुल्भसको खेलाडीले गोल अन्तर घटाउने प्रयास गरेपनि खेलको इन्जुरी समयमा फेरी डि ब्रुइनोको पासमा ग्याब्रिएल जिससले गोल गर्दै ३-१ बनाए।

यससंगै सिटीले सिजनको बिजयी सुरुवात गरेको छ भने वुल्भसको दोश्रो खेलमा पराजित भएको हो । अंक तालिकामा सिटी १ खेल खेलेर ३ अंक र वुल्भसले २ खेल खेलेर ३ अंक बटुलेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here