सेरिए ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। गए राती बोलोग्नासंग भएको खेलमा मिलानका ज्लाटन इब्राहिमोभिच दुई गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए।

खेलको पहिलो हाफको ३५ औं मिनेटमा थेओ हेर्नान्डेजको पासलाई सदुपयोग गरेर इब्राहिमोभिचले गोल गरेका थिए। पहिलो हाफ एक गोलले अग्रता लिएको मिलनले दोश्रो हाफमा थप एक गोल गरे। ५१ औं मिनेटमा पेनाल्टीमाले इब्राहिमोभिचले फेरी एक गोल गरे। खेलको अन्तिम समयमा बोलोग्ना १० खेलाडीमा समेटिएको थियो । मिचेल डिज्कले दोहोरो पहेँले कार्ड खाँदै मैदान बाहिरिए। सिजनको पहिलो खेल २-० ले जित निकालेसंगै मिलनले ३ अंक बटुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here