प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहितका पाठ्यपुस्तक वितरणमा रोक लगाएका छन्।

मन्त्रिपरिषदको बिहिबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको सदुरपश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभागसहित तयार पारिएको विद्यालयस्तरको पाठ्यपुस्तक वितरण नगर्न निर्देशन दिएर सरकारको राष्ट्रवादी वर्को आफैँले उधारिदिएका छन्।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको जानकारी दिए।

पाठ्क्रम विकास केन्द्रले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको घोषणा अनुसार भूमि व्यवस्था मन्त्री नयाँ पाठ्क्रममन्त्री पोखरेलले भने, ‘मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीले अहिले यो किताब वितरणलाई रोक्नुहोस् भन्नुभयो। हामीले रोकिसकेका छौँ।’

मन्त्री पोखरेलले यससम्बन्धमा परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीसँगै आफू बसेर छलफल गरी तयार पारेको रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।

यस बिषयमा चाडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने पनि उनले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै सत्ता सञ्चालनमा भएका विवादस्पद गतिविधिका अतिरिक्त कोरोना महामारीका विरुद्धको लडाइमा सरकारको विफलता लगायत सरकारको कामकारबाही र गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी र सत्ताको नेतृत्वमाथि प्रश्न उठेपछि उक्त विषयलाई विषयान्तर गर्न प्रधानमन्त्री ओलीले नयाँ नक्साको मुद्दा उछालेका थिए।

Land and Border of Nepal last final

जसलाई जेठको ३१ गतेको संघीय संसदको संयुक्त बैठकले संविधानको अनुसूचिमा उल्लेखित नेपालको निशान छापमा रहेको नयाँ नक्सा सर्वसम्मत पारित गरेको थियो। जसको आधारमा पाठ्क्रम विकास केन्द्रले नेपालको थपिएको नयाँ भूभागसहितको १ लाख ४७ हजार ६ सय ४१.२८ वर्ग किलोमिटर रहेको नयाँ पाठ्यक्रम तयार पारेको थियो।

भारतीय सेनाले अतिक्रमण गरी बसेको दार्चुलाको पश्चिमी तीन गाउँबाट भारतले मानसरोवर जाने बाटो समेत बनाएपछि त्यसलाई कुटनीतिक माध्यमबाट समाधान नखोजी हठातमा ओली सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै भारतसँग कटुता बढाएको थियो। जसलाई भारत सरकारले अस्विकार समेत गरिसकेको छ।

सोही नयाँ नक्सा अंकित नयाँ निशान छाप र सांसदहरुको लागि नयाँ लोगो समेत तयार पारेको सरकारका प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टीभित्रको विवादलाई किनारा लगाई पार्टी र सरकारमा आफ्नो वर्चश्व कायम गरेलगत्तै नयाँ नक्साको विषयलाई किनारा लगाउन तयार भएका हुन्।

यसअघि दुई देशबीचको कुटनीतिक सम्बन्ध र मर्यादामा कुनै ख्याल नगरी पटक पटक सदनभित्र मात्र होइन, राष्ट्रिय संचारमाध्यम तथा पार्टीका कार्यक्रमबाट समेत आफूले नयाँ नक्सा बनाएको कारण भारतले आफूलाई सत्ताबाट हटाउने षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए।

तर, पछिल्लो समय स्थायी कमिटी बैठक पन्छाएर पाटीको सचिवालय बैठकबाट अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति कायम गराउन सफल ओलीले बल्ल कुटनीतिम मर्यादाको ख्याल गर्न जरुरी ठानेका हुन्।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here