कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुइ जनाको मृत्यु भएको छ ।

बुधवार दिउसो बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका बिद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । जिप भित्र बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना ब्यक्ति समेत थिए ।

जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भएको जनाईएको छ ।

विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए । घटना स्थलमासशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here