कोलकाता नाइट्स राइडरको दुई विकेट गएको छ। शुभमन गिल ७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा आउट भएका थिए। उनले ११ बलमा ४ चौका हानेका थिए। त्यस्तै सुनील नरेन ९ रनमा बोल्ड भएका थिए। फिलहाल कोलकाताका कप्तान दिनेश कार्तिक और नीतीश राणा ब्याटिंग गरेका छन् ।

पछिल्लो विवरण अनुसार ६।२ ओभरमा कलकाताले ३८ रन लिएका छन् भने २ विकेट गुमेका छन्। मुम्बई इन्डियनसले कोलकाता नाइट्स राइडरलाई १९६ रनको लक्ष्य दिएको छ।

शारजाह अहिले जारी खेलमा पहिलो इनंगसमा कोलकाता नाइट्स राइडरले टस जितेर फिल्डिंग रोजेका थिए। ब्याटिंगमा उत्रेको मुम्बई इन्डियनसले रोहित शर्माले ८० रन, सूर्यकुमार यादवले ४७ रन , सौरभ तिवारीले २१ रन र हार्दिक पंड्याले १८ रनको योगदान दिएका थिए।

मुम्बईबाट सबैभन्दा बढी रन कप्तान रोहित शर्माले बनेका थिए। आजको खेलमा रोहितले ५४ बलमा ३ चौका र ६ छक्क सहित ८० रन बनेका थिए। लिगमा उनले ३७ अर्धसतक हानेका छन्।

रोहित र सूर्यकुमारको बीच दोश्रो विकेटको लागि ८९ रन को पार्टनरशिप गरेका थिए। जसका कारण मुम्बईले ५ विकेट गुमाए भने १९५ रन बनाएका छन् । केकेआरका शिवम मावीले २ विकेट, सुनील नरेन र आंद्रे रसेलले एक-एक विकेट लिएका थिए ।

पहिलो इनिंगस मुम्बईको हाइलाट्स:

ओभररनब्याट्समेन बलर
०-५४८/१रोहित शर्मा : २६ रनशिवम मावी: १ विकेट
६-१०४६/०सूर्यकुमार: २६ रन
११-१५५३/१रोहित शर्मा: २६ रन
१६-२०४८/३हार्दिक पंड्या: १८ रनआंद्रे रसेल: १ विकेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here