काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन सिलसिलामा न्युयोर्कमा आज भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा काठमाडौँबाट सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुले स्वास्थ्य र आर्थिक सङ्कटको दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका बताए।

उनले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रुपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार‘डिजिटल’ प्रविधि महत्वमा जोड दिए।

मन्त्री ज्ञवालीले राष्ट्र सङ्घका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सारेको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र, तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र, विकासका साझेदार, राष्ट्र सङ्घ र अन्य सरोकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न नेपाललाई भूजडित राष्ट्रमा रुपान्तरण गर्ने दृष्टिकोणबारे बताउँदै उनले भूपरिवेष्टित विकासोन्मुख देशलाई अहिलेको सङ्कटबाट पार लगाउन र भविष्यमा सबल बनाउन पूर्वानुमानयोग्य एवं विश्वसनीय पारवहन व्यवस्था, सम्पर्क सञ्जालका भौतिक पूर्वाधारका साथै फलदायी क्षमता बढाउन आवश्यक सहयोग हुनुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here