दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ।

महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् ।

महासंघले सन् २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ ।

महासंघले गत जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो । कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here