लिभरपुलले कारबाओ कपको तेस्रो चरणमा फराकिलो जीत निकाल्दै चौथो चरणमा स्थान सुरक्षित गरेको छ ।

गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले तेस्रो डिभिजनको क्लब लिङकल्नमाथि ७–२ को जीत निकालेको हो ।

ताकुमी मिनामिनो र जेन्सले २–२ गोल गरेका थिए भने जर्दान साकिरी, मार्को ग्रुजिक र डिभोक ओरेगीले १–१ गोल गरेका थिए ।

घरेलु टोली लिङकल्नका लागि टायो एडुन र लुईस मोन्ट्समाले गोल गरेका थिए । लिभरपुलले चौथो चरणमा लण्डन क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here