म्यानचेस्टर सिटिलाई हराउदै चेल्सीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि दुई प्रिमियर लिग बीच भएको खेलमा चेल्सीले सिटिलाई १-० ले पराजित गर्दै उपाधि हात परेको हो ।

युरोपियन च्याम्पियन्सको फाइनल पोर्चुगलमा भएको थियो जसमा चेल्सीका काइ हार्बटेजले ४२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो।

यो जितसंगै चेल्सीले दोश्रो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । यस अघि सन् २०१२ मा चेल्सीले पहिलो पटक उपाधि हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here