सनराइज हैदरावादले कोलकाता नाइट राइड्र्सलाई १४३ को लक्ष्य दिएको छ।

अवुधावीमा जारी आइपिएल खेलमा शनिबार साँझ टस जितेर व्याटिङ रोजेको हैदरावादले २० ओभरको खेल ४ विकेट गुमाएर १४२ रन बनाएको थियो।

क्याप्टेन डेविड वार्नरको टिम हैदरावादका मनिष पाण्डेले ३८ बलको सामना गर्दै सर्वाधिक ५१ रनको योगदान दिए भने वार्नरले ३० वषमा ३८ र हृदमन शाहले ३१ वलमा ३० रनको योगदान दिए।

अहिले दिनेश कार्तिकको कोलकाता नाइट राइड्सका सुनिल नारायण र शुबमन गिल मैदानमा उत्रिएका छन्। सुनिल नारायण दोस्रो ओभरमा सून्य रनमा आउट भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here