नेपालमा मंगलबार थप ५ हजार १ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५ पिसिआर परिक्षणका क्रममा ३ हजार ८७० र ५ हजार ६११ एन्टीजेन परिक्षणका क्रममा १२ सय ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा पिसिआर परिक्षणबाट ५ लाख ९५ हजार ३६४ जना र एन्टीजेन परिक्षणबाट १५ हजार ९४४ संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोनाका कारण थप १०८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भएका छन् । हाल ८२ हजार ७३६ संक्रिय संक्रमित आइशोलेशनमा र ७४७ क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पिसिआर र ८१ हजार ४६३ एन्टीजेन परिक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here