फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि एक व्यक्तिले हातपात गरेका छन् ।

मंगलबार दक्षिणी फ्रान्सको भ्रमणका क्रममा राष्ट्रपति म्याँक्रोमाथि एक ब्यक्तिले थप्पड हानेका हुन् । म्याँक्रो बाटोमा उभिएका व्यक्तिसँग कुराकानी क्रममा सो व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।

उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here