प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । उनिहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यसअघि जसपाको उपेन्द्र यादव पक्षले महन्त ठाकुर-राजेन्द्र महतो पक्षका ४ मन्त्रीलाई बर्खास्त गरिएको थियो । बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सम्हालेका जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री सम्हालेका अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सम्हालेकी डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सम्हालेका सुरेश मण्डल रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here