गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत हासिल नगरे प्रदेश सभा विघटन गर्ने संकेत दिएका छन् । बिहिबार बिश्वासको मत प्रस्तुत गर्ने क्रममा मुख्यमन्त्री गुरुङले बिश्वासको मत नपाए संबिधान अनुसार बढ्ने चेतावनी दिएका हुन्।

सम्बोधनका क्रममा उनले भने,’संबिधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार सञ्चालन गरेर धारा १६८ को उपधारा (४) अन्तरगत विश्वासको मतका लागि उपस्थित भएको छु। बिश्वास प्राप्त हुँदा नीति तथा कार्यक्रम पेश गरी गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत हुने नै छ । अन्यथा संविधानको व्यवस्था अनुसार अघि बढनुपर्ने व्यहोरा अनुरोध गर्न चाहन्छु।’

त्यस्तै उनले एमाले बाहेकबाहेक अन्यदलहरुको प्रदेशसभामा बहुमत पुग्ने र बैकल्पिक सरकार गठन हुने सम्भावना पनि रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here