जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहयोग नगर्ने बताएको छ । बिहिबार प्रदेश सभामा बिश्वासको मतको प्रस्तावमा छलफल गर्ने क्रममा जसपा गण्डकी प्रदेशकाे संसदीय दलका नेता हरिशरण आचार्यले सरकारलाई समर्थन नदिने बताएका हुन्।

सरकारले जनतामाथि कुठाराघात गरेकोले विश्वासको मत नदिन बताएका छन् । उनले नैतिकता बिनाको सरकारलाई कसैले विश्वासको मत नदिने बताउदै उनले सरकारले गणतन्त्र र संघीयतालाई नै धरापमा पारेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here