माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले झैँ प्रदेश सभा विगठन गर्न सक्ने बताएका छन्।

बिहिबार मुख्यमन्त्री गुरुङले बिश्वासको मत लिने प्रस्तावमाथि छलफलका क्रममा माओवादीका नेता चुमानले संविधानको धारा ७६ र प्रदेशको सन्दर्भमा संविधानको धारा १६८ संसद विगठनका लागि नभई सरकार गठनको लागि रहेको बताए । उनले भने,’माननीय मुख्यमन्त्रीज्यू पृथ्वीसुब्बा गुरुङले पनि सभा विघटन गर्नुहुन्न भन्न सकिन्न । म स्मरण गराउन चाहन्छु । त्यसो नगरौँ। ‘

चुमानले गण्डकी प्रदेश सरकारपनि संघीय सरकारकै बाटो लागेको आरोप लगाएका छन् । उनले भने, ‘संघीय सरकारले गरेका असंवैधानिक कामलाई प्रदेशका मुख्यमन्त्रीले समर्थन गर्दै हिँडेपछि यहाँ पनि त्यो अवस्था आएको हो ।’

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here