नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार पछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका हुन् । उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे ।

उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्परमाइज नगर्ने स्पष्ट पारे । सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उहाले निर्देशन दिए ।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् । गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएका छन् । त्यस्तै वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here