नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कोरोनाका कारण असर परेको औधोगिक क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री यादवले कोरोनाबाट आम जनताका साथै मुलुकको आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै यस क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताएका हुन्। आफुलाई प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने उनको भनाई छ । उनले औधोगिक क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको र त्यस्ता क्षेत्रलाई राज्यसंग जोडेर अघि बढ्ने बताए ।

उनले आफुले मन्त्रालयका सवै कर्मचारीको साथ र सहयोगमा नै अघि बढ्ने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here