पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका छन्।

थापाका सहयोगी किरण गिरीका अनुसार, केही दिनअघि जिल्लामा पार्टीको विभिन्न कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थापाले शुक्रबार उपत्यकाको रुटार हस्पिटलमा पिसिआर परिक्षण गर्दा नेटेटिभ देखिएपनि शनिबार केएमसीमा पुनः परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

त्यसपछि चिकित्सकको सल्लाहमा थापा आइतबार अपरान्ह हेम्स अस्पतालमा भर्ना भएका छन्। उनको अवस्था सामान्य रहेको पनि गिरीले बताए।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा केही वर्षदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका क्रियाशील भएपनि पछिल्लो समय उक्त पार्टीभित्र असमझदारी बढ्दै गएपछि हालसालै आफ्ना केही समर्थक र सहयोगीसहित कांग्रेस प्रवेश गरेका थिए। उनलाई सभापति शेरबहादुर देउवाले सहमति बमोजिम सहमहामन्त्री मनोनित गर्ने आश्वासन दिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here