नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दा स्थिति सरकार र स्वास्थ्य सेवा केन्द्रको नियन्त्रण बाहिर गइरहेको छ।

आइतबार देशभरीबाट संक्रमितको संख्यामा केही कमि देखिएपनि सोमबार नयाँ संक्रमितको संख्या ४ हजार भन्दा बढी तथा सक्रिय संक्रमितको संख्या ३४ हजारको हाराहारीमा पुगेको छ।

स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५ सय ६५ महिला र २४ सय ८२ पुरुष गरि थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै काठमाडौं उपत्यकामा थप २२ सय ८३ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ७ सय ५५ महिला र ११ सय ३३ पुरुष गरि १८ सय ८८ जना, भक्तपुरमा ५४ महिला र ६४ पुरुष गरि ११८ जना र ललितपुरमा १२६ महिला र १५१ पुरुष गरि २७७ जनामा कोरोना देखिएको बताए।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ।

त्यस्तै सोमबार थप १४ सय ७३ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै होम आइशोलेशनमा १९ हजार ९ सय ५७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १३ हजार ९ सय २३ जना रहेका छन्। देशभरीका क्वारेन्टाइनमा ८ हजार ८३१ जना रहेका छन्। त्यस्तै हालसम्म ११ लाख ९१ हजार ५१४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here