धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज १।७४ बिन्दुले बढेर एक हजार ५७८।०१ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १।३७ बिन्दुले घटेर ३१३।१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता शेयर रु एक अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २।३९, व्यापार २।१६, होटल ६।९४, विकास बैंक ७९।१२ र लघुवित्त ३।९३ बिन्दुले बढेको छ । यस्तै जलविद्युत् ७।१२, वित्त ११।६६, निर्जीबन बीमा १२।२१, उत्पादन १५।५२, अन्य १।८३, जीवन बीमा २८।३७ र सामूहिक लगानी कोष ०।०३ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १६ करोड ५० लाख आठ हजार ८२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ७१ लाख ९२ हजार ८७९, कामना सेवा विकास बैंक रु छ करोड ८८ लाख ८१ हजार ३५, नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड ३२ लाख ७६ हजार ४३२, एनआइसि एशिया बैंक रु पाँच करोड आठ लाख ११ हजार ६२८, नेशनल हाइड्रोपावर रु चार करोड ५६ लाख ४३ हजार ७५ र अपि पावर कम्पनीको रु चार करोड ३६ लाख ८५ हजार २५७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा मुक्तिनाथ विकास बैंक ९।८५, कर्पोरेट डेभलपमेन्ट बैंक ५, आइसिएफसी फाइनान्स ४।८८, कामना सेवा बैंक ४।५७, तिनाउ मिसन बैंक ४।४८ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ४।४७ प्रतिशतले कमाए । त्यस्तै, सबैको लघुवित्त ६।०५ , रिडी हाइड्रोपावर ५।८३, सेन्ट्रल फाइनान्स ४।९७, गुह्यश्वरी मर्चेन्ट बैंक ४।८१, मल्टीपर्पोज फाइनान्स ४।५८ र साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ४।५५ प्रतिशतले कमाए । रासस