d'VodGqL zfxL M /f;; k|ltlglw;Fu cGtjf{tf{ s0ff{nL, @ c;f]h M ;+ljwfg lbj;sf] cj;/df s0ff{nL k|b]zsf d'VodGqL dx]Gb|axfb'/ zfxL;Fu /fli6«o ;dfrf/ ;ldlt s0ff{nL k|b]zsf k|d'v z'/axfb'/ l;+x / pk;dfrf/bftf k|sfz clwsf/LnfO{ cGtjf{tf{ lnFb} . tl:a/ M s0ff{nL k|b]z÷/f;;

मुलुकभरका जनता कोरोना संक्रमणको महामारीबाट आक्रान्त भइरहेकाबेला उनीहरुको रक्षाका लागि प्रमुख दायित्व बोकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्व भने सत्ताको लछाचुँढी र आन्तरिक विवादमा अल्झिँदै गएको छ।

संघीय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असन्तुष्ट पक्षले चालेको असफल कदम सलाउन नपाउँदै ओली पक्षले पनि द्वितीय अध्यक्ष पुष्पकमल दाहाल पक्षका कर्णाली प्रदेश मुख्यमन्त्री विरुद्ध हस्ताक्षर संकलन गरेपछि केन्द्रमा जस्तै प्रदेश सरकार पनि कोरोना संक्रमणबाट जनता बचाउन भन्दा आफ्नो सत्ता जोगाउने धन्दामा केन्द्रित भएको छ।

नेकपा प्रदेश सभामा ओली निकट सदस्य यमलाल कँडेलको पहलमा संसदीय दलका १८ सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार गर्दै हस्ताक्षर गरेपछि केन्द्रको विवाद प्रदेशमा छचल्किएको हो।
केन्द्रमा ओली र दाहालबीच विवाद समाधानको निम्ति मन्त्रिमण्डल हेरफेर गर्नेबारे रस्साकसी चलिरहेको छ। उता प्रदेशमा पूर्व माओवादी नेता शाहीको नेतृत्वमा रहेको प्रदेश सरकार नै हटाउने खेल सुरु भएपछि शाहीले सोमबार दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई नै पदबाट हटाए।

शाहले अविश्वास प्रस्तावबारे छलफलका लागि मंगलबार संसदीय दलको बैठक बोलाएपछि मुख्यमन्त्री शाहीले सचेतक शाहलाई कोपभाजन गर्दै उनको स्थानमा पूर्व माओवादी सदस्य सीता नेपालीलाई सचेतकको जिम्मेवारी दिए।

यसका बाबजूद कोपभाजनमा परेको सचेतक शाहले आफूलाई मुख्यमन्त्रीले पदबाट हटाएको दाबी गरेपनि आफूले यसअघि तय गरेको मिति र समयमा संसदीय दलको बैठक बस्ने बताए।

दलको विधान अनुसार, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आइसकेपछि उक्त प्रस्तावबारे प्रमुख सचेतकको अध्यक्षतामा दलको बैठक बसेर निर्णय गर्ने व्यवस्था रहेको बताउँदै मुख्यमन्त्रीको पछिल्लो कदम विधान विपरित भएको दाबी पनि उनले गरे।

केन्द्रको विवाद समाधान हुन नपाउँदै आफ्नो पक्षका मुख्यमन्त्री हटाउन कर्णाली प्रदेशमा ओली पक्ष लागेको भन्दै दाहालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आपत्ति प्रकट गरेका थिए।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकमा केन्द्रमा आफूविरुद्ध जुन कुरा गरिएको थियो त्यसको सिको गर्दै प्रदेश सदस्यले गरेको बताएका थिए।

नेकपाभित्रको यो गतिजसले गर्दा गत चुनाव लगत्तै केन्द्रमा तत्कालिन एमाले र माओवादीबीच भएको एकीकरणले तल्लोतहसम्म सार्थकता नपाउँदै उक्त पार्टीभित्र ठूलो दरार उत्पन्न गराएको छ।

गत निर्वाचनमा केन्द्रदेखि प्रदेश २ बाहेक ६ वटा प्रदेशमा झण्डै झण्डै दुई तिहाई बहुमतसहितको सरकार बनाउन सफल भएको नेकपा र यसको नेतृत्वले उक्त मतको सदूपयोग गरी देश र जनताको हितमा केन्द्रित गर्न नसक्दा बहुमतको सत्ता ‘बाँदरको हातमा नरिबल’ जस्तै बन्न पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here