बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर घोषणा गरेको छ।

रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्स प्रा.लि.ले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने घोषणा पनि गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिामा रमण मोटर्सले यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी पनि गरेको छ।

साथै कंपनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ।

यसका अतिरिक्त कम्पनीले कुनै पनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरी नयाँ मोटरसाइकल उपभोक्तालाई उपलब्ध गराउने पनि जनाएको छ।

देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशै/तिहारको अवसरमा खरिद गर्दा रु ५१ हजारसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने बताइएको छ।

रमन मोटर्सले हाल ८० सि सि का सस्ता देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्राण्डको दिन दिनै बजारमा माग बढ्दै गएको दाबी पनि कम्पनीले गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here