नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गर्दै अनलाइनबाट सि.जी.का सामाग्री बुकिङ गरी खरिद गर्न र यसरी खरिद गर्नेका लागि वम्पर उपहारको घोषणा गरेको छ।

कुशल स्वास्थ्य असल पर्व नारा लिएर बजारमा आएको सि.जी.ले घोषणा गरेका सबै उपहार योजनाहरु उपभोक्ताले सि.जी.को आफ्नो आधिकारीक वेवसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङगरि खरिद गर्न सक्नेछन्। यसरी खरिद गर्ने ग्राहकका लागि बम्परमा भाग्यशाली उपहारका ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने जानकारी कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टि.भी.को खरिदमा ३०% सम्मको नगद छुट र सो भन्दा माथि टि.भी.को खरिदमा नगद छुट साथै सि.जी.कै अकर्षक स्पिकर प्राप्त गर्न सक्नेछन्।

त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउने छन् भने, डलबडोर रेफ्रीजेरेटरमा सि.जी.को प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट दिने बताइएको छ।

यसपालि सि.जी.ले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ। एसिमा भने निशुल्क जडानको व्यवस्था रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here