अर्जेन्टिना कोपा अमेरिकाको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुनिश्चित गरेको हो । एस्टेडियो ओलम्पिको पेद्रो लुडोभिको स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तानले एक गोल गरेका थिए मेस्सीको असिस्टमा डि पाउल,लाउटारो मार्टिनेजले एक-एक गोल गरेका थिए।

पहिलो हाफको ४० औं मिनेटमा मेसीको पासलाई सदुपयोग गर्दै पाउलले गोल खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा मेस्सीको अर्को पासमा गोन्जालेजले हेडरमार्फत गोल गर्दै दोब्बर अग्रता लिए । दुई गोल असिस्ट गरेका मेस्सीले ८४ औं मिनेटमा मार्टिनेजको पासमा पेनाल्टी एरियाबाट शानदार फिनिसिङ गर्दै जित सुनिचित गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा इक्वेइडरका हिन्कपी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इक्वेइडर १० खेलाडीमा सीमित बनेको थियो।

त्यस्तै आज बिहान भएको अर्को खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफैनलमा प्रवेश गरेको थियो । अब मंगलबार ब्राजिलले पेरुसंग र बुधबार अर्जेन्टिनाले कोलम्बियासंग प्रतिस्पर्धा गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here