ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको सेमीफाइनल खेलमा साबिक बिजेता ब्राजिलले पेरुलाई १-० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको ३५ औं मिनेटमा लुकास पाक्युटाले गरेको एम मात्र गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । नेइमारको पासमा पाक्युटाले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

यस भन्दा अघि ब्राजिल ९ पटक बिजेता बनेको छ । ब्राजिलले सन् २००४ र २००७ मा फाइनल खेलमा अर्जेन्टिनालाइ हराउदै उपाधि आफ्नी नाम गरेको थियो।

त्यस्तै दोश्रो सेमी फाइनल खेल अर्जेन्टिना र कोलम्बिया बीच बुधबार बिहान हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here