अर्जेन्टिनाले कोपा अमेरिका २०२० को उपाधि हात पारेको छ । आइतबार बिहान कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाइ १-० ले पराजित गर्दै कोपा अमेरिकाको ट्रफी उचालेको हो । रियो दी जेनेरियोको माराकानो स्टेडियम भएको खेलमा अर्जेन्टिनाकातर्फ एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलको २२ औं मिनेटमा डे पाउलको पासमा डी मारियाले पास गरेका थिए ।

यस भन्दा अघि अर्जेन्टिनाले सन् १९९३ कोपा विजेता बनेको थियो। त्यसपछि भने अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगेको थियो । जहाँ अर्जेन्टिना उपविजेतामा सिमित हुँदै आएको थियो। त्यस्तै ब्राजिल भने लगातार दोश्रो पटक उपविजेतामा मात्र सिमित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here