युरोकप २०२० को उपाधि इटालीले जितेको छ। सोमबार बिहान भएको यूरोकपको १६ औं संस्करणको फाइनल खेलमा इटालीले इंग्ल्याण्डलाई पेनाल्टी शुट आउटमा हराउदै उपाधि हात पारेको हो ।

लन्डनको वेम्बली स्टेडियम भएको खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डका लुक शले गोल गर्दै खेलमाअग्रता लिएका थिए। तर, सो अग्रता इंग्ल्याण्डले कायम गर्न सकेन र खेलको ६७ औँ मिनेटमा इटालीका लागि लेनार्दाे बोनुयुकीले गोल गर्दै खेल बराबरीमा पुराए । ९० मिनेटकोखेलमा इटाली र इंग्ल्याण्ड १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टिममा गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा गएको थियो । पेनाल्टीमा इटालीले ३-२ को गोल अन्तरले इंग्ल्याण्डलाई पराजित गरेको हो ।

पेनाल्टीमा इटालीका तर्फबाट डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरेका थिए भने आन्द्रे बेलोट्टी र जोर्गिन्होले शुटलाई गोलमा परिणत गर्न सकेनन।

त्यस्तै यताबाट इङ्ल्यान्डका मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयो ह्यारी केन र ह्यारी मग्वाएरले पेनाल्टी लिएका थिए जसमा केन र मग्वाएरले मात्र गोल गरे ।

यस अघि इटालीले सन् १९६८ मा पहिलो पटक युराेकपकाे उपाधि जितेकाे थियाे । त्यस्तै, सन् १९६६ मा विश्वकप जितेपछि इंग्ल्यान्डले त्यसयता कुनै पनि उपाधि हात पर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here