भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इतिहासमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

युएईमा जारी १३ औं संस्करणको आईपीएलमा गएराति राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २००८ देखि आईपीएल खेलिरहेका छन् । धोनीले २०१५ सम्म चेन्नईबाट खेलेका थिए । त्यसपछि सन् २०१६ र १७  मा उनले राइजिङ पुनेबाट खेलेका थिए । त्यसपछि धोनीले २०१८ देखि पुनः चेन्नईबाट खेलिरहेका छन् ।

विकेट किपर ब्याट्सम्यान धोनीले आईपीएलको २ सय खेलमा १ सय ७८ इनिङ्समा ४ हजार ५ सय ६८ रन बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here