काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । निषेधाज्ञामा अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ । साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न नपाउने पराजुलीले बताए । प्रमुख जिल्ला अधिकारी पराजुलीले अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव भने मन्त्रिपरिषदमा पुगेको जानकारी दिए ।

देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here