काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् ।

गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् ।

यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले लेखिरहेका छन् । यस्तै फिल्ममा निर्देशन पनि दीपेन्द्रकै रहने बताइएको छ ।

फिल्ममा दीपकराज गिरीको टिम भने रहनेछ । साथै गिरी टिमले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा ४’ पछि मात्र ‘छ माया छपक्कै २’ को काम थालिनेछ ।

यता रोहितले पनि अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्मको तयारी थालेका छन् । उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here