वालेटमार्फत गत वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोवार भएकामा जेठमा रु आठ अर्ब ३५ करोड ३० लाख बराबरको कारोवार भएको छ ।

गत वैशाख महिनाको तुलनामा जेठमा मात्र रु एक अर्ब ७५ करोड ३० लाखले कारोवारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोवारमा रु ५६ करोड १० लाखले कमी आएको छ ।

वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोवार भएकामा जेठमा रु एक अर्ब ९६ करोड ८० लाख बराबरको कारोवार भएको छ । यस्तै गत वैशाखको अनलाइन (इ–कमर्श) का माध्यमबाट रु ७६ करोड ८० लाख बराबरको कारोवार भएकामा जेठमा कारोवार रकममा कमी आई रु १६ करोड १० लाख बराबरको कारोवार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here