भारतमा कोरोना संक्रमण बढेसँगै लामो दुरीका रेल सेवा बन्द अझैं बन्द छ।

नेपालबाट रोगजारीमा गएका नागरिक कोरोना जोखिमकै बीच कष्टकर यात्रा गरेर स्वदेश फर्किएकाका छन्।

तर, मुख्य चाडवाडका बेला गरी बसेकाहरू विराटनगर नजिकको सीमावर्ती बजार जोगवनीसम्म आउने लामो दुरीका रेल नचल्दा रोकिएका छन्।

भारतले कात्तिक ४ गतेदेखि जोगवनीका लागि दिल्ली र कलकत्ताबाट रेल सन्चालन गर्ने पूर्व सुचना जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए।

उनले अहिलेसम्म सुनसान रहेको रानीनाकामा अब हुनसक्ने थप भिड नियन्त्रणका लागि प्रशासनले उच्च सतर्कता र तयारी गरेको बताए।

‘सीमाबाट आउने नागरिकको तत्काल स्वास्थ्य परीक्षण गर्ने एउटा टिम नाकामै राखिएको छ’ उनले भने, ‘त्यहाँबाट स्क्रिनिङ गरेर नाका छेउको डिएभी वोर्डिङ स्कुलमा रहेको होल्डिङ सेन्टरमा राखिए आ-आफ्ना पालिका पठाउने योजना बनाएका छौँ।’

नेपालीको प्रमुख चाड दसैं तिहार, छठ लगायतका महत्वपूर्ण पर्व मनाउन भारतमा रहेका नेपालीहरु आउने क्रम असाध्य न्यून रहेको छ।

सामान्य अवस्था हुँदो हो त यति बेला रानी नाकाको दृष्य निकै फरक देखिन्थ्यो।

तर, कोरोना संक्रमणको जोखिमले कति लकडाउन अवधिमै स्वदेश फर्किसके भने कति यातायातको समस्याका कारण भारत तिरै रोकिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिए।

‘अघिल्ला साल सीमावर्ती बजार जोगवनीमा दसैं तिहारका लागि किनमेलमा जाने नेपालीका संख्या अत्याधिक हुन्थ्यो। रानी नाकामा भिडभाड हुने गथ्र्यो’ उनले भने ‘यो पटक नेपालबाट लुकिछिपी भारत पुगेर फर्किनेलाई प्रहरीले १४ दिन क्वारेन्टाइनमा पठाउने गरेको छ। त्यसले गर्दा पनि नाकामा भिड कम छ ।’

प्रमुख जिल्ला अधिकारी निरौलाले यसरी लुकिछिपी भारत गइ फर्किने ८५ नागरिकलाई कारवाही गरिसकिएको जानकारी दिए।

उनले आफ्नो देश फर्किने भारतीयलाई अनुमती दिइएको र भारतबाट नेपाल आउनेलाई सहज वातावरण बनाइएको बताए।

असोजमा मात्र भारतबाट नेपाल फर्किनेको संख्या ८ सय ३६ छ। गत चैतदेखि सुरु भएको लकडाउनको अवधिदेखि हालसम्म रानी नाका हुँदै नेपाल भित्रिने नागरिकको संख्या ५ हजार ७ सय ६६ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here