नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले थप दुई स्थानमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

बैंकले भक्तपुरको सुकुलधोका र चन्द्रागिरी-९ मच्छेगाउँमा काउन्टर स्थापना गरेको हो।

सुकुलधोका एक्सटेन्सन काउन्टरको उद्घाटन एनआईबिएलका उपमहाप्रबन्धक विजेन्द्र सुवालले तथा मच्छेगाउँ एक्सटेन्सन काउन्टरको उद्घाटन कार्यवाहक वार्ड प्रमुख  रामकृष्ण श्रेष्ठ र एनआईबिएल बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा गरे।

एक्सटेन्सन काउन्टरले बैंकिङ सेवा प्रदान गर्नेछ। ‘हाम्रा ग्राहलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ,’ एनआइबिएलले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here