फाइल फोटो

प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा प्रतिनिधि सभामा रहेका १५० भन्दा बढी सांसदहरुले समर्थन गर्ने दाबी कांग्रेसले गरेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत नलिई संबिधानको धारा ७६ को ५ अनुसार सरकार गठनका लागि गरेको शिफारिसमा राष्ट्रपति कार्यालयमा १४९ र सर्वाच्च अदालतमा १४६ सांसदको हस्तक्षार सहित पुगेका देउवालाई सर्वाच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएपछि उनको पक्षमा प्रतिनिधि सभामा थप मत आउने दाबी नेपाली कांग्रेसले गरेको हो ।

देउवा निकट एक नेताका अनुसार सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी नेपाल (जसपा), राष्ट्रिय जनमोर्चाका अतिरिक्त नेकपा एमालेको माधव कुमार नेपाल समुहबाट बिश्वासको मत आउने सम्भावना रहेको छ । सो खण्डमा देउवाको पक्षमा बिश्वासको मतका लागि चाहिने संख्या भन्दा बढी नै मत आउने देखिएको छ ।

यसअघि महन्त ठाकुर समूहमा रहेका सदस्यहरुका अतिरिक्त एमालेबाट त्यति बेला हस्तक्षर गर्ने २३ जना सांसद बाहेक तत्कालिन समयमा ओली समूहमा रहेका कतिपयले पनि देउवालाई मत दिने भरपर्दो आसोआसन पाएपछि कांग्रेस सभापति एबम प्रधानमन्त्री देउवाले आजकै बैठकमा बिश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। प्रतिनिधि सभाको आज बस्ने दोश्रो बैठकमा सभामुखले उक्त प्रस्ताव माथि निर्णयार्थ पेस गर्न प्रक्रिया अघि बढाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here